काठमाडौँ । सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेर १ लाख ४४ हजार रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो । छापावाल सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँका दरले किनबेच भएको थियो ।
यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँ रहेकोमा आज बिहीबार एक लाख ४३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य आज एक हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार ८२५ रुपैयाँ रहेको थियो ।