काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकोमा आजका सोही परिमाणको सुनको मूल्य एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको हो ।
यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सयमा कारोबार भएकोमा आज त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
महासंघले चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको जनाएको छ । आइतबार प्रतितोला एक हजार ८५० मा कारोबार भएको चाँदी आज एक हजार ८३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।