• Menu

पेट्रोल आजदेखि प्रतिलिटर १६८, ग्यासको मूल्य भने घटेन

नेपाल प्रफिट

२०८१ जेठ १९, शनिबार ०६:५५

पेट्रोल आजदेखि प्रतिलिटर १६८, ग्यासको मूल्य भने घटेन

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

निगमद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार घटेपछिको मूल्यमा काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५३ भएको छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५२ पर्नेछ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५० रुपैयाँ ५० पैसा पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ ।