काठमाडौं । ग्लोबल आईएमई बैंकका कर्मचारी बजेट कन्फ्रेन्स सकेर काठमाडौं फर्किंदै गरेको बस दुर्घटना भएको छ ।
महात्तरीको बर्दिबासबाट बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बस सिन्धुलीको गोलन्जोर गाउँपालिकामा दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार सबै २७ कर्मचारी घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको बैंकले जनाएको छ । घाइतेको खुर्कोटका स्वास्थ्य संस्थामा उपचार भएको छ भने गम्भीर घाइते एक जनालाई काठमाडौं ल्याइएको छ ।
घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।