• Menu

गृहलाई २ खर्ब र भौतिक पूर्वाधार मन्त्रालयलाई डेढ खर्ब बजेट, अरु मन्त्रालयलाई कति ?

नेपाल प्रफिट

२०८१ जेठ १५, १७:३८

गृहलाई २ खर्ब र भौतिक पूर्वाधार मन्त्रालयलाई डेढ खर्ब बजेट, अरु मन्त्रालयलाई कति ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व गरेको गृह मन्त्रालयलाई सबैभन्दा धेरै करिब २ खर्ब बजेट विनियोजन गरेका छन् ।

त्यस्तै नेकपा एमालेका सचिव रघुवीर महासेठले नेतृत्व गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १ खर्ब ५० अर्ब रुपैयाँ बजेट पाएको छ ।

कुन क्षेत्रलाई कति बजेट ?

गृह मन्त्रालय : १ खर्ब ९९ अर्ब २४ करोड

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : १ खर्ब ५० अर्ब ५३ करोड

कृषि तथा पशुपन्छी विकास मन्त्रालय : ५७ अर्ब २९ करोड

ऊर्जा क्षेत्र विकास : ५० अर्ब ७४ करोड

जलस्रोत तथा सिँचाइ : ३६ अर्ब ८१ करोड

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय : ७ अर्ब ३५ करोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय : ११ अर्ब ९१ करोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय : ९ अर्व २८ करोड

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय : ८ अर्ब १० करोड

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय : ६ अर्ब ८२ करोड

वन तथा वातावरण मन्त्रालय : १५ अर्ब ७० करोड

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : २ खर्ब ३ अर्ब ६६ करोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ८६ अर्ब २४ करोड

खानेपानी मन्त्रालय : २६ अर्ब ६३ करोड

युवा तथा खेलकुद मन्त्रालय : ३ अर्ब ५० करोड

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय : १ अर्ब ६० करोड

सहरी विकास मन्त्रालय : ९२ अर्ब ६३ करोड

रक्षा मन्त्रालय : ५९ अर्ब ८७ करोड

परराष्ट्र मन्त्रालय : ६ अर्ब ७७ करोड