• Menu

संघीय सरकारबाट देशभर ३४ हजार २६७ किलोमिटर सडक निर्माण

नेपाल प्रफिट

२०८१ जेठ १३, १९:३५

संघीय सरकारबाट देशभर ३४ हजार २६७ किलोमिटर सडक निर्माण

काठमाडौं । संघीय सरकारले देशभर ३४ हजार २६७ किलोमिटर सडक निर्माण गरेको छ ।

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्यांक प्रस्तुत गरिएको छ ।

२०८० फागुनसम्म देशभर १८ हजार २४१ किलोमिटर सडक कालोपत्रे भएको छ । सात हजार ६९७ किलोमिटर ग्राभेल र आठ हजार ३२९ किलोमिटर सडक कच्ची रहेको तथ्यांकले औंल्याएको छ ।

कुल सडकमध्ये ५३.२ प्रतिशत कालोपत्रे, २२.२ प्रतिशत ग्राभेल र २४.३ प्रतिशत कच्ची छ ।