• Menu

आइएमई लाइफ इन्स्योरेन्सको ३४.५० प्रतिशत लाभांश घोषणा

नेपाल प्रफिट

२०८१ वैशाख २१, शुक्रबार १७:२३

आइएमई लाइफ इन्स्योरेन्सको ३४.५० प्रतिशत लाभांश घोषणा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । वैशाख १९ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरेको हो ।

बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.५० प्रतिशत नगद दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्