• Menu

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने

नेपाल प्रफिट

२०८१ वैशाख २०, बिहीबार १२:४०

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

पाल्पा सिमेन्टको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्नेछ ।

सम्झौता कार्यक्रममा कोषका कायम मुकायम नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र पाल्पा सिमेन्टका उच्च व्यवस्थापक सहभागी थिए । कोषले यसअघि पनि विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्