• Menu

बिहीबार प्रतितोला २ हजार बढ्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ वैशाख २०, बिहीबार १२:०१

बिहीबार प्रतितोला २ हजार बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा बिहीबार एकैदिन प्रतितोला २ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि एक लाख ३६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको हो ।

यस्तै बुधबार एक लाख ३३ हजार ८५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको तेजाबी सुन बिहीबारका लागि एक लाख ३५ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार ६३० मा कारोबार भएको चाँदी बिहीबारका लागि एक हजार ६४५ रुपैयाँ निर्धारण भएको हो ।

प्रतिक्रिया दिनुहोस्