बझाङ । बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।
अहिलेसम्म प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६२६ मत प्राप्त गरेका छन् भने एमालेका दमनबहादुर भण्डारीले आठ हजार ३९६ पाएका छन् ।
नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार १५३ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार २८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।
हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा-९ र मस्टा गाउँपालिका-१ र २ को मत गणना सम्पन्न भएको छ ।