• Menu

देशभरका ७७ जिल्लाकै लागि ४ हजार ४६२ शिक्षक माग, कहाँ कति खुल्यो ?

नेपाल प्रफिट

२०८१ वैशाख १५, शनिबार १०:०९

देशभरका ७७ जिल्लाकै लागि ४ हजार ४६२ शिक्षक माग, कहाँ कति खुल्यो ?

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीमा ७७ जिल्लामै चार हजार ४६२ शिक्षकका लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले शनिबार सातै प्रदेशका ७७ जिल्लाका लागि विज्ञापन खुला गरेको हो ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ११०३, कोशीमा १०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन माग गरिएको छ ।

त्यस्तै खुलातर्फ कोशी प्रदेशमा ५९१, मधेस प्रदेशमा २८०, बागमतीमा ६०१, गण्डकी ४३९, लुम्बिनीमा २७४, कर्णालीमा ९८ र सुदूरपश्चिममा १६७ गरी २ हजार ४५० शिक्षक माग गरिएको छ । बाँकी कोटा समावेशीतर्फका हुन् ।

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपांगता, पिछडिएको क्षेत्र र तराई-मधेसमा बसोबास गर्ने मधेसी, आदिवासी जनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुला गरिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np मा गएर जेठ १३ सम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुरमा भने २० सम्म आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्