• Menu

कामना सेवा विकास बैंक र इङ्गा सपिङ कम्प्लेक्सबीच छुट सम्झौता

नेपाल प्रफिट

२०८१ वैशाख १४, शुक्रबार २१:०२

कामना सेवा विकास बैंक र इङ्गा सपिङ कम्प्लेक्सबीच छुट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले रुपन्देहीको तिलोत्तमास्थित इङ्गा सपिङ कम्प्लेक्समा छुट पाउने भएका छन् ।

सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकले सपिङ कम्प्लेक्समा कपडा, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी फुड तथा एफएमसीजी नन फुडमा १० प्रतिशत छुट पाउनेछन् ।

ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले १३५ शाखा कार्यालय तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्