• Menu

न्यून गुणस्तरको भेटिएपछि वाइवाइ चाउचाउलाई २ लाख जरिवाना

नेपाल प्रफिट

२०८१ वैशाख १४, शुक्रबार १५:५३

न्यून गुणस्तरको भेटिएपछि वाइवाइ चाउचाउलाई २ लाख जरिवाना

काठमाडौं । सीजी फुड्सको उत्पादन वाइवाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

सुकेधारामा रहेको एसके इन्टरप्राइजेजबाट बजारमा वितरण भएको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस  २०-एएल/वाईएल२३, चाई’ को वाइवाइ चाउचाउ न्यून गुणस्तरको भेटिएको हो । यो ब्याचको चाउचाउ बनाउँदा प्रयोग गरिएको तेल न्यून गुणस्तरको रहेको महानगरले जनाएको छ ।

काठमाडौं महानगरको कृषि तथा पशुपन्छी विभागले वाइवाइ चाउचाउको प्याकेट खोल्दा ढुसी परेको भेटिएको जनाएको छ । त्यसपछि सोही ब्याचका अन्य चाउचाउ बजारबाट ल्याएर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएको थियो ।

महानगरपालिकाले अब अन्य कम्पनीका चाउचाउ र वाइवाइका अरू ब्याचको चाउचाउको पनि प्रयोगशालामा परीक्षण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्