• Menu

राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव

आर्थिक शिथिलताका कारण बैंक वित्तीय संस्थाको कर्जा असुली प्रभावित : गभर्नर अधिकारी

नेपाल प्रफिट

२०८१ वैशाख १४, शुक्रबार १७:५१

आर्थिक शिथिलताका कारण बैंक वित्तीय संस्थाको कर्जा असुली प्रभावित : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक शिथिलताका कारण बैंक वित्तीय संस्थाको कर्जा असुली प्रभावित भएको बताएका छन् ।

‘आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको छ,’ नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवमा उनले भने, ‘तथापि बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाको ब्याजदरसमेत क्रमश: घट्दै गएको सन्दर्भमा आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा छ ।’

चालु आर्थिक वर्षको चैतसम्ममा वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.६५ प्रतिशत पुगेको छ । गत वर्ष चैतमा खराब कर्जा ३.०३ प्रतिशत थियो । यो अवधिमा पाँच वाणिज्य बैंकको खराब कर्जा घटेको छ भने १५ वटाको बढेको छ ।

राष्ट्र बैंकले वित्तीय स्थायित्वका लागि विभिन्न नियमनकारी व्यवस्था गरेको उनले बताए । चालु खाता र शोधनान्तर स्थिति बचतमा रहेकाले तरलता स्थितमा उल्लेख्य सुधार आएको उनले स्पष्ट पारे ।

‘शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमश: सहज बनाउँदै लगिएको छ,’ गभर्नर अधिकारीले भने, ‘यसबाट आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा छ ।’

प्रतिक्रिया दिनुहोस्