• Menu

चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन

नेपाल प्रफिट

२०८१ वैशाख १२, बुधबार १५:४०

चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बरअन्तर्गतका २४ विभागका सभापति चयन भएको हो ।

विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा चयन भएका छन् । महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ र रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष दिपक श्रेष्ठ चयन भएका छन् ।

यस्तै उपाध्यक्षहरु सुरेन्द्रकुमार श्रेष्ठ वस्तुगत समन्वय परिषद, निलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषद एवं सन्तोषकुमार पाण्डे जिल्ला समन्वय परिषदको सभापति बनेका छन् । मानार्थ उपाध्यक्ष अर्जुनप्रसाद शर्मा अन्तर्राष्ट्रिय प्रवर्धन समितिको सभापति चयन भएका छन् ।

उपभोक्ता हित आपूर्ति, स्थानीय निकाय, प्रशासन तथा स्थानीय प्रशासन, सुरक्षा समन्वय समितिको सभापतिमा देवेन्द्रभक्त श्रेष्ठ चयन भएको चेम्बरले जनाएको छ ।

चेम्बरको राजस्व समितिमा पर्शुराम दाहाल, अतिथि सत्कार, क्लब तथा मर्मत सम्भार समितिको सभापतिमा राजारत्न तुलाधर, मेला समितिमा राष्ट्रभुषण चाकुबजी,  कृषि जडिबुटी तथा वनजन्य समितिमा कृष्णमान श्रेष्ठ र उद्योग वाणिज्य समितिको सभापतिमा भीमलाल पौडेल चयन भएका छन् ।

त्यस्तै चेम्बरको सूचना प्रचारप्रसार समितिमा दीपककाजी तुलाधर, वातावरण समितिमा राम श्रेष्ठ, पर्यटन तथा संस्कृति प्रवर्धन समितिमा राजु श्रेष्ठ र युथ चेम्बरको सभापतिमा दीपेश तुलाधर चयन भएका छन् ।

यसैगरी पूर्वाधार तथा भूमिसुधार समितिमा रोशन भोयधो, सामाजिक तथा स्वास्थ्य समितिमा मृगेन्द्रमेहर श्रेष्ठ,  बैंक वित्तीय तथा बिमा समितिको सभापतिमा मनोहरदास मुल, ऊर्जा समितिको सभापतिमा नरेन्द्रबल्लभ पन्त र निर्यात प्रवर्धन समितिको सभापतिमा सञ्जयकुमार अग्रवाल चयन भएको चेम्बरले जनाएको छ ।

त्यस्तै चेम्बर अफ कमर्सको खेलकुद समितिको सभापतिमा रुपक राजवंशी र सूचना प्रविधि समितिमा विज्ञान श्रेष्ठ चयन भएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

चेम्बर अफ कमर्सको ७३औं वार्षिक साधारणसभापछि बनेको नयाँ कार्यसमितिले विषयगत समितिको सभापति चयन गरेको हो । यसअघि, सल्लाहकार परिषदको अध्यक्षमा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्