• Menu

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ क्षेत्रमा समझदारी

नेपाल प्रफिट

२०८१ वैशाख १२, बुधबार १३:२४

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ क्षेत्रमा समझदारी

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ क्षेत्रमा समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा नेपालको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कतारका कानुनमन्त्री इब्राहिम बिन अली अल मोहनादीले हस्ताक्षर गरेका छन् । ६ वटा सरकारी र २ निजी क्षेत्रका गरी ८ विषयमा सम्झौता भएको हो ।

दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति तथा खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

कतार चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्