• Menu

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको सीईओमा मन्जिला डंगोल नियुक्त

नेपाल प्रफिट

२०८१ वैशाख ११, मंगलबार १७:२२

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको सीईओमा मन्जिला डंगोल नियुक्त

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्जिला डंगोल नियुक्त भएकी छन् ।

व्यवस्थापनमा स्नातकोत्तर डंगोलसँग तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव छ ।

अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको उद्देश्य हासिल गर्न प्रमुख भूमिका खेल्ने विश्वास एसोसिएसनले लिएको छ ।

सचिवालयलाई थप स्रोतमूलक बनाउने क्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरबन्दी सिर्जना गरेको एसोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्