• Menu

प्रभु हेलिकप्टरका क्याप्टेन शेर्पालाई क्यानले गर्‍यो निलम्बन

नेपाल प्रफिट

२०८१ वैशाख १०, सोमबार ०६:१७

प्रभु हेलिकप्टरका क्याप्टेन शेर्पालाई क्यानले गर्‍यो निलम्बन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।

‘क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म आइतबार निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्