• Menu

सिटिजन्स बैंकले चैतसम्ममा कमायो एक अर्ब २१ करोड खुद नाफा, वितरणयोग्य नाफा कति ?

नेपाल प्रफिट

२०८१ वैशाख ७, शुक्रबार २१:२५

सिटिजन्स बैंकले चैतसम्ममा कमायो एक अर्ब २१ करोड खुद नाफा, वितरणयोग्य नाफा कति ?

काठमाडौं । प्रतिकूल आर्थिक अवस्थाका बाबजुद सिटिजन्स बैंकले स्थिर प्रकारको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्ममा एक अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको हो ।

यो नाफा गत आवको यसै अवधिको तुलनामा १.९९ प्रतिशतमात्र कम हो । गत वर्षको साउनदेखि चैतसम्ममा बैंकले एक अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको सञ्चालन नाफा बढे पनि खुद ब्याज आम्दानी बढ्न नसकेकाले नाफा प्रभावित भएको हो ।

सञ्चालन नाफा गत आवको पहिलो ९ महिनाको तुलनामा ५.२३ प्रतिशतले वृद्धि भएको छ भने खुद ब्याज आम्दानी ३.२५ प्रतिशतले घटेको छ । बैंकले गत आवको चैतसम्ममा एक अर्ब ७६ करोड सञ्चालन नाफा गरेकोमा चालु आवको सोही अवधिमा एक अर्ब ८६ अर्ब सञ्चालन नाफा गरेको छ ।

त्यस्तै गत वर्षको चैतसम्ममा ४ अर्ब ३९ करोड खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ४ अर्ब २५ करोड खुद नाफा गरेको छ ।

प्रतिसेयर आम्दानी गत आवको तुलनामा चालु आवमा सामान्य घटेको छ । गत आवमा ११ रुपैयाँ ६१ पैसा रहेकोमा चालु आवमा ११ रुपैयाँ ३७ पैसा कायम भएको हो ।

चुक्ता पुँजी १४ अर्ब २० करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडा कोषमा ७ अर्ब ७ करोड रुपैयाँ सञ्चित गरेको छ । बैंकको वितरणयोग्य नाफा भने सकारात्मक छ ।

चैतसम्ममा बैंकको वितरणयोग्य नाफा एक करोड ८९ लाख रुपैयाँ छ । चैतसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.९८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.९८ गुणा र तरलता अनुपात २५.६१ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्