• Menu

प्रतितोला ७ सय रुपैयाँ बढेर १ लाख ३९ हजार ३ सय पुग्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ वैशाख ७, शुक्रबार १२:०७

प्रतितोला ७ सय रुपैयाँ बढेर १ लाख ३९ हजार ३ सय पुग्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज पनि उकालो  लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला सात सय रुपैयाँले उकालो लागेको हो ।

बिहीबार प्रतितोला एक लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ३९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार ९५० मा कारोबार भएकोमा आजका लागि एक लाख ३८ हजार ६५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । बिहीबार प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ७२० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्