काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान जोशीका बुवाआमासहित परिवारले भेट गरेको हो ।
भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको जानकारी गराए । ‘हामीले निरन्तर पहल गरिरहेका छौं,’ उनले भने, ‘छिटै सकारात्मक परिणाम आउनेमा आशावादी छु ।’