• Menu

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

नेपाल प्रफिट

२०८१ वैशाख ५, बुधबार १३:०६

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ ।

लामालाई काठमाडौँबाट बुधबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘लामा दावा लागु औषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भई फरार थिए, आज हाम्रो टोलीले पक्राउ गरेको छ,’ उनले भने ।