काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले सोमबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर समान ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार बढेको मूल्य वैशाख ४ गते बिहान १ बजेदेखि लागू हुनेछ ।
निगमले यसअघि चैत १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
