• Menu

नेप्से परिसूचकमा १६.८२ अंकको गिरावट

नेपाल प्रफिट

२०८१ वैशाख ३, सोमबार १७:४४

नेप्से परिसूचकमा १६.८२ अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार १६ अंकको गिरावट आएको छ । नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ अंकमा झरेको हो ।

सोमबार ३१४ कम्पनीका ७२ लाख २३ हजार ७७३ कित्ता सेयर ५० हजार ५२४ पटक खरिद-बिक्री हुँदा दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँबराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह १.६४, उत्पादन तथा प्रशोधन १.५९ र होटल तथा पर्यटन समूह १. १५ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे डिभेन्चर २०८७ को सेयर मूल्य ७.०९ र मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ७.०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १७ करोड ७३ लाख ६८ हजार २९५ रुपैयाँबराबरको पाँच लाख २७ हजार ९२६ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्