• Menu

दिपेन्द्रसिंह ऐरीले हाने ६ बलमा ऐतिहासिक ६ छक्का, कतारले पायो २११ रनको लक्ष्य

नेपाल प्रफिट

२०८१ वैशाख १, शनिबार १८:०५

दिपेन्द्रसिंह ऐरीले हाने ६ बलमा ऐतिहासिक ६ छक्का, कतारले पायो २११ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष प्रिमियर कपअन्तर्गत कतारसँगको खेलमा दिपेन्द्रसिंह ऐरीले ६ बलमा ६ छक्का प्रहार गरेका छन् । कुनै पनि नेपाली खेलाडीले एकै ओभरमा ६ छक्का प्रहार गरेको यो पहिलो पटक हो ।

ऐरीले कतारका कामरन खानको बलमा अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । उनले २१ बलमा ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन जोडेका छन् ।

ऐरीले अन्तिम ६ बलमा ६ छक्का प्रहार गरेपछि नेपालले शनिबार भएको खेलमा कतारलाई २११ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको छ ।

त्यस्तै ओपनर आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडेका छन् ।

यसअघि टी-२० आईमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका काइरन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । एक दिवसीयमा भने साउथ अफ्रिकाका हर्सल गिब्स र अमेरिकाका जसकरन मल्होत्राले एकै ओभरमा ६ छक्का हानेको रेकर्ड बनाएका छन् ।