• Menu

विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति क्षति गर्नेविरुद्ध सरकारको कडा नीति

नेपाल प्रफिट

२०८० चैत ३०, शुक्रबार २०:११

विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति क्षति गर्नेविरुद्ध सरकारको कडा नीति

काठमाडौं । विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति क्षति गर्नेविरुद्ध सरकारले कडा नीति लिएको छ ।

विभिन्न मुद्दा र मागका नाममा हुने प्रदर्शनका क्रममा उच्छृंखल गतिविधि गरी सार्वजनिक सम्पत्ति तोडफोड तथा सुरक्षाकर्मी लक्षित आक्रमण गर्ने प्रवृत्तिविरुद्ध सरकारले कडा नीति लिएको हो ।

आन्दोलनको क्रममा नागरिकले तिरेको करबाट निर्मित सार्वजनिक सम्पत्ति नास हुँदा होस् वा घाइते सुरक्षाकर्मीको उपचारमै किन नहोस्, राज्यकै स्रोत खर्च गर्नुपर्ने बाध्यता न्यूनीकरण गर्न गृह मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ ।

मन्त्रालयले विद्यमान कानुनी प्रबन्धअनुसार आन्दोलनका क्रममा भएको क्षति आयोजक (व्यक्ति, संस्था वा दल)बाटै भरपाई गराउने मन्त्री स्तरीय निर्णय गरेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत प्रचलित कानुन स्मरण गराउँदै क्षतिको भरपाई स्थानीय प्रशासनमार्फत गराउन सकिने व्यवस्थाबारे अवगत गराएको छ ।