• Menu

बझाङ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान

नेपाल प्रफिट

२०८० चैत २८, बुधबार ०८:२७

बझाङ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान

बझाङमा वैशाख १५ गते हुने प्रदेशसभा निर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएसँगै ११ जनाको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन आयोगले उम्मेदवारलाई चिह्न प्रदान गरेको हो ।

नेकपा एमालेका दमन भण्डारीलाई सूर्य, नेपाली कांग्रेसका अभिषेकबहादुर सिह रूख, माओवादी केन्द्रका जनक बुढालाई हँसिया हतौडा, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहलाई कलम, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्कालाई हलो प्रदान गरेको हो ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीलाई मादल, जनमत पार्टीका सुशीला विष्टलाई लाउड स्पिकर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्कालाई दापसहितको खुकुरी, जनता समाजवादी पार्टीका रामबहादुर जाग्रीलाई ढल्केको छाता, नेश्नल रिपब्लिक नेपालका कमल घर्तीमगरलाई उडिरकेको माकुरी र राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापालाई आमा चिह्न प्रदान गरिएको लामिछानेले बताए ।

वैशाख २ देखि उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालय मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ । बझाङमा विद्यालयहरू वैशाख १३ र १४ गते बन्द गर्न पनि आयोगले आग्रह गरेको छ ।