काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा मंगलबार सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ ।
सोमबार प्रतितोला एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन मंगलबारका लागि एक लाख ३६ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार ५५० मा कारोबार भएकोमा महासंघले सोमबारका लागि एक लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको जनाएको छ ।
चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । आज चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रुपैयाँ नै कायम छ ।