काठमाडौँ । प्रभु बैंक लिमिटेडले २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार आगामी २०८१ वैशाख २० गते बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा सभा बोलाइएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिने बताइएको हो ।
उक्त साधारण सभाबाट चालू आव २०८०/८१ का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र सञ्चालकहरुको नियुक्ति अनुमोदन लगायतका प्रस्ताव समेत पारित गरिने बैकले जनाएको छ ।