• Menu

नयाँ वर्षमा बजाजका मोटरसाइकल खरिदमा १ लाखसम्म उपहार

नेपाल प्रफिट

२०८० चैत २६, सोमबार १९:२१

नयाँ वर्षमा बजाजका मोटरसाइकल खरिदमा १ लाखसम्म उपहार

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको छ ।

बजाजको ‘नव आरम्भ’ योजनाअन्तर्गत ग्राहकले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताले १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् ।

ग्राहकले ३६ महिनाको ईएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन्, जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकसँग उपलब्ध हुनेछ ।

योजनाको बारेमा चर्चा गर्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नयाँ वर्षको अवसर पारेर ग्राहकका लागि यो योजना सार्वजनिक गरिएको बताए । ‘ग्राहकवर्गको आवश्यकतालाई बुझेर हामीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा ईएमआई र डाउन पेमेन्ट जस्ता अफर लिएर आएका छौँ,’ उनले भने ।

बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै रहेको कम्पनीको दाबी छ । उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्ता–मैत्री नीतिले गर्दा बजाजका मोटरसाइकल बजारमा सर्वाधिक लोकप्रिय रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

नवीनता, गुणस्तर र सुपथ मूल्य जस्ता कारणले २५ वर्षदेखि बजाजले नेपालको अटोमोटिभ उद्योगमा लिड गर्दै आइरहेको निर्देशक गोल्छाले बताए ।

प्रतिक्रिया दिनुहोस्