• Menu

शिक्षा मन्त्रालयले बनायो उच्च शिक्षाबारे ४ वटा कार्यदल

नेपाल प्रफिट

२०८० चैत २३, शुक्रबार १९:२२

शिक्षा मन्त्रालयले बनायो उच्च शिक्षाबारे ४ वटा कार्यदल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षासँग सम्बन्धित रहेर ४ वटा कार्यदल बनाएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले एक महिनाको कार्य प्रगति सार्वजनिक गर्दै उच्च शिक्षामा देखिएका समस्या र तिनको समाधान गर्न विभिन्न ४ वटा कार्यदल बनाएर काम भइरहेको बताइन् । ती कार्यदलहरूलाई १५ दिनको समय दिएर प्रतिवेदन पेस गर्न भनिएको छ ।

मन्त्रालयले छात्रवृत्ति सम्बन्धी कानुनहरूको पुनरावलोकन गर्ने सम्बन्धी उच्चस्तरीय समिति गठन गरेको छ । उक्त समितिमा विश्वविद्यालय अनुदान आयोग, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य छन् । उक्त कार्यदललाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न भनिएको मन्त्री श्रेष्ठले बताइन् ।

त्यस्तै राष्ट्रिय परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका तर्जुमा सम्बन्धी समेत कार्यदल बनेको छ । उक्त कार्यदललाई १५ दिनको समय दिइएको छ । त्यस्तै विदेशी सम्बन्धनका कलेजहरूको व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन सम्बन्धी समेत कार्यदल बनेको छ । उक्त कार्यदललाई पनि १५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्