• Menu

कांग्रेसमा उम्मेदवार छनाैट विवाद : शेखर र शशांकले बहिष्कार गरेपछि सर्‍यो बैठक

नेपाल प्रफिट

२०८० चैत २०, २१:४२

कांग्रेसमा उम्मेदवार छनाैट विवाद : शेखर र शशांकले बहिष्कार गरेपछि सर्‍यो बैठक

काठमाडौं । नेपाली कांग्रेसमा उम्मेदवार छनाैट विवाद चर्किएको छ । इलाम-२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनका लागि कांग्रेसभित्र उम्मेदवार छनाैटमा विवाद उठेको छ । उम्मेदवार चयनका लागि सोमबारदेखि बैठक बसेको नेपाली कांग्रेसमा संस्थापन र संस्थापनइतर सहमत नहुँदा भोलिसम्मका लागि बैठक सरेको छ ।

सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो २ बजे संसदीय बोर्डको र ४ बजे कार्यसम्पादन समितिको बैठक डाकेको डाकेको थियो । इलाम-२ को उमेदवारमा जिल्ला सभापति डम्बर खड्काको पक्षमा अडान लिएका सभापति देउवा, डा. शेखर कोइराला र शशांक कोइरालाले बैठक बहिष्कार गरेपछि रोकिएका हुन् ।

शेखरले इलामबाट भेषराज आचार्यले जित्ने रिपोर्ट आएको भन्दै अरुलाई दिए परिणामको जिम्मा लिन देउवालाई चुनौती दिँदै बैठकबाट बाहिरिएका थिए । लगत्तै शेखरको भनाइमा सहमति जनाउँदै शशांक पनि बैठकबाट बाहिरिएका थिए । त्यसको केही बेरमा सभापति देउवाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कोइरालाद्वयले इलामको रिर्पाेटिङअनुसार जित्ने उम्मेदवार भेषराज भएको भन्दै उनलाई टिकट नदिए परिणामको जिम्मा लिन देउवालाई चुनौती दिएर बैठकबाट बाहिरिएका थिए । त्यस्तै बझाङ प्रदेशसभा १ का लागि देउवाले अभिषेकबहादुर सिंहको पक्षमा अडान लिएका छन् । कोइरालाद्वय, महामन्त्रीद्वयसहित कांग्रेसका अन्य पदाधिकारीसहित नेताहरूले जगतप्रसाद जोशीले पाउनुपर्ने अडान लिएका छन् ।