• Menu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी शाखाद्वारा लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम आयोजना

नेपाल प्रफिट

२०८० चैत १८, आइतबार १७:२६

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी शाखाद्वारा लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम आयोजना

सुनसरी । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी शाखाले लिडर्स पुनर्ताजगी तथा क्षमता विकास तालिम आयोजना गरेको छ । कम्पनीले उप–क्षेत्रीय कार्यालय इटहरीमा आइतबार एक दिने क्षमता विकास तालिम आयोजना गरेको हो ।

कार्यक्रममा शाखामा आबद्ध रही काम गर्ने अभिकर्ताको उल्लेख्य उपस्थिति रह्यो । कार्यक्रममा शाखामा आबद्ध रही कम्पनीले तोकेको व्यावसायिक लक्ष्य हासिल गरेका उत्कृष्ट अभिकर्तालाई व्यवसाय वृद्धि गर्न के–कस्ता रणनीति आवश्यक पर्छ भन्ने विषयमा प्रशिक्षण दिइएको छ ।

कम्पनीले ल्याएको उत्कृष्ट बिमा योजना, जीवन बिमाका आधारभूत सिद्धान्त, जीवन बिमा अभिकर्ताले पालना गर्नुपर्ने विधि, काम, कर्तव्य, बिमाका सामान्य जोखिम, जोखिमांकन गर्ने प्रक्रिया र सर्तहरुलगायतका विषयमा कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा कम्पनीका उप–क्षेत्रीय प्रमुख जगतनाथ फुँयालले अभिकर्तालाई कम्पनीले ल्याएका मासिक तथा वार्षिक प्रोत्साहन योजना, बिक्री कलालगायतका जीवन बिमासम्बन्धी विविध विषयमा प्रशिक्षण दिएका थिए ।

शाखा प्रमुख सुरन्द्र चुडालले अभिकर्तालाई नियमित दिनचर्याभन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा बढी उपलब्धि हासिल हुनेबारे जानकारी गराएका छन् । त्यस्तै शाखाले विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्