• Menu

नेप्से परिसूचकमा १७.३० अंकको गिरावट, सर्वोत्तम सिमेन्टमा नकारात्मक सर्किट

नेपाल प्रफिट

२०८० चैत १८, आइतबार १७:१३

नेप्से परिसूचकमा १७.३० अंकको गिरावट, सर्वोत्तम सिमेन्टमा नकारात्मक सर्किट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.३० अंकले घटेर २०१८.३३ अंकमा झरेको छ ।

आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ६७ हजार ४४ पटक खरिद-बिक्री हुँदा तीन अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ बराबरको कारोबार भएको छ ।

निर्जीवन बिमा समूहको उपसूचक ०.१२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक आज घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ३.६५, व्यापार १.७४, लघुवित्त १.२० र विकास बैंक १.०९ प्रतिशतले घटेको छ ।

त्यस्तै बैंकिङ ०.५३, वित्त ०.६२, होटल तथा पर्यटन ०.७६, जलविद्युत् ०.०८, लगानी ०.७९, जीवन बिमा ०.९९, म्युचुअल फन्ड ०.७३ र अन्य समूहको उपसूचक ०.७१ प्रतिशतले घटेको छ ।

मायाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । गरिमा डिभेन्चर २०८५ को मूल्य ८.०८ र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ७.७४ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा ९.९९ प्रतिशतले गिरावट देखिएको छ ।

कारोबार रकम र सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको २८ करोड ६८ लाख ९३ हजार ३३१ रुपैयाँबराबरको दुई लाख ९० हजार १३६ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्