• Menu

प्रतितोला १ लाख ३० हजार पुग्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८० चैत १६, शुक्रबार १३:२८

प्रतितोला १ लाख ३० हजार पुग्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख ३० हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला २१ सय रुपैयाँ बढेर १ लाख ३० हजार रुपैयाँ पुगेको हो ।

तेजावी सुनको मूल्य शुक्रबारका लागि १ लाख २९ हजार ४ सय कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि सुनको मूल्य लगातार उकालो लागेको हो ।

चाँदी मूल्य पनि बढेको छ । चाँदीको मूल्य बिहीबारको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेर १५ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।