• Menu

एसईई सुरु, ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी

नेपाल प्रफिट

२०८० चैत १५, १०:०४

एसईई सुरु, ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज पहिलो दिन परीक्षार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिनेछ । परीक्षा चैत २७ सम्म चल्नेछ ।

एसईई परीक्षामा सामुदायिक र संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुँदै छन् ।

परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान थियो ।