• Menu

सुजुकीले ल्यायो ‘नयाँ वर्ष २०८१, क्यास पाऊँ एक्कासि’ योजना

नेपाल प्रफिट

२०८० चैत १४, बुधबार २१:१३

सुजुकीले ल्यायो ‘नयाँ वर्ष २०८१, क्यास पाऊँ एक्कासि’ योजना

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले मोटरसाइकल तथा स्कुटर खरिदमा ‘नयाँ वर्ष २०८१, क्यास पाऊँ एक्कासि’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार नगद छुट र स्क्र्याच कार्डमार्फत एक लाखसम्म क्यास एक्कासि वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकनभन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ प्राप्त गर्न सक्ने अथवा फाइनान्समा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्यो छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध गराउनेछ ।

यो योजना २०८० चैत १४ देखि २०८१ जेठ १८ सम्म लागू हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्र्दै आइरहेको छ । सुजुकीको मोटरसाइकल जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र वस्तुको मोडेलअनुसारको उत्पादनका लागि ख्याति प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्