• Menu

नेप्से परिसूचक घट्यो, सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा भने सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८० चैत १४, बुधबार १७:२३

नेप्से परिसूचक घट्यो, सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा भने सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा कायम भएको हो ।

आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर ४४ हजार २४९ पटक खरिद–बिक्री हुँदा दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँबराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह ०.९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह १.७२ र व्यापार समूह १.६० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ७२ लाख २२ हजार ३२० रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको दुई लाख ३० हजार १८२ रुपैयाँबराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्