• Menu

चार दिनपछि बढ्यो सेयर बजार, डोल्टी पावरको सेयर मूल्यमा सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८० चैत १३, मंगलबार १६:३९

चार दिनपछि बढ्यो सेयर बजार, डोल्टी पावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक मंगलबार १०.१४ अंकले बढेर २०४१.७० को बिन्दुमा उक्लिएको हो ।

सोमबार ३१० कम्पनीका ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर ४९ हजार ५१२ पटक खरिद–बिक्री हुँदा दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँबराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह ०.०६, जीवन बीमा समूह ०.१८ र व्यापार समूह ०.१४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.११ र जलविद्युत् समूह १.५८ प्रतिशतले बढेको छ ।

डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको दुई लाख ३४ हजार ६२४ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्