• Menu

नेप्से १८ अंकले घट्यो, १९८ कम्पनीको मूल्य घट्दा सर्वोत्तममा सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८० चैत ८, बिहीबार १५:०९

नेप्से १८ अंकले घट्यो, १९८ कम्पनीको मूल्य घट्दा सर्वोत्तममा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार बजार परिसूचक नेप्से बिहीबार १८ अंकले घटेको छ । व्यापारबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक १८.११ अंकले घटेर २०४५.८३ अंकमा झरेको हो ।

मंगलबारदेखि बजार लगातार घटिरहेको छ । मंगलबार नेप्से ६.२४ र बुधबार ३.३४ अंकले घटेको थियो ।

बजार घट्दा १९८ कम्पनीका लगानीकर्ताले आज गुमाएका छन् । त्यस्तै ४१ कम्पनीका लगानीकर्ताले कमाउँदा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वोत्तमको मूल्यमा लगातार तेस्रो दिन सर्किट लागेको हो ।

सर्वाधिक कमाउनेको अग्र सूचीमा धौलागिरि लघुवित्त, किसान लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंक पनि छन् ।

आज १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँबराबरको माछापुच्छ्रे बैंकको संस्थापक सेयर किनबेच भएको छ । जसका कारण कारोबार रकममा बढोत्तरी देखिएको छ । आज ४ अर्ब १३ करोडको सेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्