• Menu

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

नेपाल प्रफिट

२०८० चैत २, शुक्रबार १९:१३

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणका आरोपी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका मुख्य आरोपी दावा छिरिङसँग बाक्लो उठबस रहेको भेटिएपछि दिपेशलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन २ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी छिरिङसँग सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा थिए । तर, सुन जाँचबुझ आयोगको प्रतिवेदनमा सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उन्मुक्ति दिएको उल्लेख थियो ।

आयोगको प्रतिवेदन बुझेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेका थिए । उनले प्रधानमन्त्रीलाई शुक्रबार प्रतिवदेन बुझाउँदै गलत गर्नेलाई छाड्न नहुने अडान लिएका थिए ।

प्रधानमन्त्री दाहालले ग्रिन सिग्नल दिएलगत्तै दिपेश पक्राउ परेका हुन् ।