• Menu

नेप्से २७ अंकले घट्दा ४२ कम्पनीको मूल्य बढ्यो, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

नेपाल प्रफिट

२०८० चैत १, बिहीबार १६:४१

नेप्से २७ अंकले घट्दा ४२ कम्पनीको मूल्य बढ्यो, दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से २७ अंकले घट्दा ४२ कम्पनीको भने मूल्य बढेको छ । परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ अंकमा झर्दा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

विन नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो । त्यस्तै गुराँस लघुवित्त ९.९२, गोर्खाज फाइनान्स ८.०८ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताको सम्पत्ति ७.७१ प्रतिशतले बढेको छ ।

साताको अन्तिम कारोबार हुने दिन बिहीबार एक करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँबराबरमा किनबेच भयो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा छ । माथिल्लो तामाकोशीको ५० करोड ८९ लाख ८९९ रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै शिवम् सिमेन्टको २४ करोड चार लाख ५० हजार, सोनापुर सिमेन्टको, गोर्खाज फाइनान्सको १२ करोड ७६ लाख ६५ हजार र हिमालयन रि–इन्स्योरेन्सको ९ करोड ८४ लाख १२ हजार रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्