काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा दोस्रो दिनसम्ममा १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि सवा ७ लाखभन्दा धेरैले आवेदन दिएका छन् ।
कम्पनीको आईपीओमा पहिलो दिन ६० लाख ३० हजार ७८० कित्ता र दोस्रो दिन ७२ लाख २० हजार ७३० कित्ताका लागि आवदेन परेको हो ।
कम्पनीले बुधबार (मंसिर २७) देखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा दुई दिनमा ७ लाख ३३ हजार ६६ जनाले २ अर्ब ७२ करोड ९८ लाख ११ हजार ६० रुपैयाँको आवेदन दिएका छन् ।
कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको हो । आईपीओमा पुस १ सम्म आवेदन दिन सकिन्छ ।
आवेदकले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आईपीओ भर्न सक्ने छन् । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।