• Menu

वाणिज्य बैंकहरुले एकै महिनामा कमाए ९ अर्ब, नबिलभन्दा ग्लोबल आइएमई अगाडि

नेपाल प्रफिट

२०८१ असोज ७, सोमबार १३:०२

वाणिज्य बैंकहरुले एकै महिनामा कमाए ९ अर्ब, नबिलभन्दा ग्लोबल आइएमई अगाडि

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले एकै महिनामा ९ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले साउनमा मात्रै ९ अर्ब १७ करोड ६२ लाख खुद नाफा गरेका हुन् ।

वाणिज्य बैंकहरुको नाफा गत वर्षको साउनको तुलनामा बढी हो । २०८० साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड खुद नाफा गरेका थिए ।

गत वर्ष साउनमा ७५ करोड ५२ लाख नाफा गरेको नबिल बैंकले यो वर्षको साउनमा ८० करोड ३३ लाख नाफा कमाएको छ । त्यस्तै गत वर्ष साउनमा ९९ करोड २३ लाख खुद नाफा कमाएको ग्लोबल आइएमई बैंकले यो वर्षको साउनमा ८९ करोड २४ लाख नाफा कमाएको छ ।

गत वर्षको साउनको तुलनामा नाफा घट्दा पनि ग्लोबल आइएमई बैंकले नबिललाई उछिनेको छ । तेस्रो धेरै नाफा गर्नेमा सरकारी स्वामित्वको कृषि विकास बैंक अगाडि छ । कृषि विकास बैंकले साउनमा ७१ करोड २० लाख नाफा कमाएको छ ।

नाफाको सूचीमा एनआईसी एसिया बैंक १८ नम्बरमा पुगेको छ भने माछापुच्छ्रे बैंक अन्तिममा छ ।

प्रतिक्रिया दिनुहोस्