• Menu

सानिमा रिलायन्सले घोषणा गर्‍यो १८.३८ प्रतिशत बोनस, कर कसले तिर्छ ?

नेपाल प्रफिट

२०८१ भदौ ३१, सोमबार १३:०३

सानिमा रिलायन्सले घोषणा गर्‍यो १८.३८ प्रतिशत बोनस, कर कसले तिर्छ ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीको भदौ ३० मा बसेको सञ्चालक समिति बैठकले आव २०७९/८० को सञ्चित नाफाबाट वितरणयोग्य लाभांशबापत चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ ।

बोनस सेयर पाउने लगानीकर्ताले कर भने आफैं तिर्नुपर्ने कम्पनीका एक अधिकारीले नेपाल प्रफिटसँग बताए । ‘त्यसबारे हामी सूचनामार्फत जानकारी गराउँछौं,’ उनले भने ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्