नेपाल प्रफिट
२०८१ भदौ ३१, सोमबार १२:३३
काठमाडौं । अपी पावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
कम्पनीले साधारण सभाको मिति पनि तय गरेको छ । कम्पनीले कात्तिक १ गते वार्षिक साधारण सभा बोलाएको हो ।
साधारण सभा प्रयोजनका लागि असोज १६ गते बुक क्लोजको मिति तोकिएको छ । असोज १५ सम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् ।
Copyright © Nepal Profit - 2024 / Developed By Webtech Nepal