• Menu

एक वर्षभित्र हरेक नेपालीको घरमा विद्युत पुर्‍याउँछौं : मन्त्री खड्का

नेपाल प्रफिट

२०८१ भदौ २८, शुक्रबार १५:१२

एक वर्षभित्र हरेक नेपालीको घरमा विद्युत पुर्‍याउँछौं : मन्त्री खड्का

चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताएका छन् । शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले विद्युत्को आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत सेवा पुर्‍याउन लागिएको उल्लेख गरे ।

नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत सम्बन्धी व्यवसाय भएका भन्दै मन्त्री खड्काले यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताए । उनले भने, ‘निर्माणको समय भएकाले कहिलेकाही समस्या देखिने गरेको छ । यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।’

विद्युतको उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उनको भनाइ छ । हिउँदमा विद्युत उत्पादन कम हुँदा कहिलेकाही समस्या आउने गरेको मन्त्री खड्काले बताए ।

खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताए । उनले भने, ‘लाइन काटेर समस्याको समाधान हुँदैन । पैसा असुल गर्ने कानुनी बाटाहरु छन् । कानुनमा व्यवस्था गरिएअनुसार रकम असुल गर्नेछौँ ।’ व्यवसायीले विद्युत प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदै उनले अहिले देखिएको विवाद चाँडै टुंगो लाग्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्