• Menu

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

नेपाल प्रफिट

२०८१ भदौ २७, १६:१६

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको सेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अंकले बढेको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक ७८.१७ अंकले उकालो लागेर २६८८.३८ मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले उकालो लागेर ४७८.४८ अंकमा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको सेयर मूल्य भने घटेको छ ।

कुल एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँमा कारोबार भएको छ । विन नेपाल लघुवित्त, ग्रिन भेन्चर्स, इस्टर्न हाइड्रोपावर, रावा इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एसियन हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् ।

थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ ।