• Menu

बीवाईडीद्वारा देशभर फास्ट चार्जिङ विस्तार, पहिलो चरणमा ११ डीसी चार्जर जडान

नेपाल प्रफिट

२०८० मंसिर २५, २१:३६

बीवाईडीद्वारा देशभर फास्ट चार्जिङ विस्तार, पहिलो चरणमा ११ डीसी चार्जर जडान

काठमाडौं । बीवाईडी आटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिमेक्स इन्क प्रालिले देशका मुख्य‑मुख्य स्थानमा ११ डीसी फास्ट चार्जर जडान गरेको छ ।

नयाँ जडित डीसी फास्ट चार्जर मुख्य सहरहरु, पोखरा, नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ । यी चार्जरमध्ये १० वटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिनेछन् भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर हो ।

सिमेक्सले यसअघि नै ४० किलोवाट क्षमताका १४ फास्ट चार्जर जडान गरिसकेको छ । यी चर्जिङ पूर्वाधारको सर्वसुलभ र व्यापक स्थापनाले सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाई अझै स्पष्ट पारेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्युतीय साधन चार्जिङ स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै सिमेक्सले चार्जिङ नेटवर्कको थप विकास र विस्तार गर्ने योजना राखेको जनाएको छ ।

डिसेम्बर २०२३ को अन्त्यसम्ममा थप १८ डीसी फास्ट चार्जर सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।

बीवाईडी अटो ३ का लागि ८८ किलोवाटसम्मका डीसी फास्ट चार्जिङको प्रयोग गर्न सकिन्छ भने बीवाईडी डल्फिनमा ६० किलोवाटसम्मको चार्ज दिन सकिन्छ । यसले ३० देखि ४५ मिनेटमा बीवाईडी विद्युतीय साधनहरुलाई ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।