• Menu

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा एकसाथ पाँच फाइदा

नेपाल प्रफिट

२०८१ भदौ २०, १९:४०

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा एकसाथ पाँच फाइदा

काठमाडौं । ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँच थप सुविधा उपलब्ध हुने भएको छ ।

योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधासँगै डिम्याट खाता, मेरो सेयर, सि–आस्वा तथा टीएमएस खाता खोल्न आवेदन दिन पाइनेछ ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र त्यसको सञ्चालनका लागि मेरो सेयर, आईपीओ भर्न चाहिने सि–आस्वा रजिस्ट्रेसन नम्बर र जेबीएनएल सेक्युरिटिजमा सेयर बजारमा सेयर खरिद–बिक्रीका लागि आवश्यक पर्ने टीएमएस खाता सुविधा ग्राहकले पाउनेछन् ।

यो सुविधा बैंकले हालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकताअनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ ।

यी सेवाहरु बैकको ३५४ वटा शाखा कार्यालयबाट उपलब्ध हुनेछ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।